दैलेखबाट एग्रिकल्चरका नाममा लाखौँ ठगि गरी भागेका एक युवालाई प्रहरीले काठमाण्डौबात पक्राउ गरेको छ।
दैलेख सदरमुकामको त्रिभुवन माध्यामिक विद्यालय नजिकै स्वर्णभुमी कृषि तथा पशुपालन एग्रिकल्चर लिमिटेड सस्थाका प्रवन्धक मुगु जिल्लाको खत्याड गाउँपालिका–२ मा घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ भैरबस्थान बस्दै आएका २५ बर्षीय किरण वि.सी भन्ने कर्णसिंह टमटा पक्राउ परेका हुन् ।
दैलेख जिल्लामा रहेका ११ वटै स्थानिय तहका ब्यापारी कृषकहरुबाट बचत तथा शेयरका नाममा रकम संकलन गरी तिन महिना अगाडिबाट जिल्लामा रहेको सहकारी तथा एग्रोभेट बन्द गरी भागेका प्रवन्धक टमटालाई प्रहरीले काठमाण्डौको सुन्धारामा हिडिरहेको अवस्थामा पक्राउ गरेको बताइएको छ। अहिले उनलाई दैलेख पुर्याएर जिल्ला अदालत दैलेखबाट म्याद थप गरि थप अनुसन्धान थालिएको दैलेख प्रहरीले बताएको छ ।
उनले संचालन गरेको स्वर्णभुमी कृषि तथा पशुपालन एग्रिकल्चर लिमिटेड संस्थाको नामबाट ४७ लाख ३ हजार ५ सय ठगि गरेको प्रहरीले जनाएको छ । कर्मचारी तलब बापत ४ लाख ४५ हजार, कर्मचारीको शेयर रकम बापत ६ लाख, बचतकर्ताहरुको १० लाख, कृषक, ब्यापारी तथा अन्य व्यक्तिहरुबाट २२ लाख ६८ हजार, संस्था रहेको घरभाडाको तीन लाख ९० हजार ठगी गरेको भटिएको छ, भने सगुन कृषि तथा पशुपालन एग्रिकल्चर दुल्लु नगरपालिका –५ दैलेखको नामबाट कृषि तथा पशुपालन समुह बनाई ७ लाख ३० हजार रुपैयाँ ठगि गरेको पाईएको छ । दुवै संस्था मार्फत ५४ लाख ३३ हजार रुपैयाँ ठगि गरेको प्रहरीले जनाएको छ ।
मुलुकी अपराध संहीता २०७४ को परीच्छेद २१को दफा २४९को १ बिपरीत २ बमोजिम कसुर गरेको हुदाँ यस्ता ब्यक्तिलाई सोही दफाको उपदफा ३ (ग) बमोजिम ७ बर्ष कैद सजाय र २० हजार सम्म जरिवाना र बिगो बमोजिम क्षेतिपुर्ती भराउँने कानुनी ब्यवस्था समेत रहेको छ ।