राजनीतिक आस्था राखेकै आधारमा पनि जिल्ला प्रहरी कार्यालय कास्कीले थुनुवाहरुलाई विभेद गर्ने गरेको सत्य सावित भएको छ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग सम्बन्धित राजनीतिक आस्था राखेको आरोप लगाएर जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेका पोखराका पत्रकारहरु ओम हमाल, आश क्रोम्जे तमु राजन साउद र राजकुमार घिमिरेलाई प्रहरी हिरासतमा राखेर करीब करीब सरदरमा तीन हप्ता हिरासतमा राखेर मुद्दा चलाएको थियो। तर कास्की जिल्ला फुटवल संघका अध्यक्ष मीलन गुरुङमा माथि अभद्र व्यवहार आरोपमा पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीवन गुरुङ दुई दिनको प्रहरी हिरासत बसाईपछि आइतबार रिहा भएका छन् ।
दीपक मनाङे नामले चिनिने प्रदेश सभासद राजीव गुरुङ जिल्ला प्रशासन कार्यालय कास्कीले मागेको ६ हजार रुपियाँ धरौटी राखेर दुई दिनको हिरासत बसाईपछी हिरासतमुक्त भएका हुन। कास्की प्रहरीले पत्रकारहरुलाई र सत्तारुढ नेकपाका तर्फबाट प्रदेश सांसद बनेका गुरुङलाई सार्वजनिक अपराध मुद्दा अन्तरगतको अभद्र ब्यबहार मुद्दा चलाइएको थियो।
यहाँ अचम्मको कुरा के छ भने सार्वजनिक स्थानबाट समाचार संकलन गर्ने क्रममा पक्राउ गरिएका पत्रकारहरुलाई कास्की प्रहरीले प्रहरीमाथि अभद्र ब्यबहार गरेको भन्दै झुठ्ठा मुद्दा चलाएको थियो भने प्रदेश सभासद राजीव गुरुङले एक पत्रकार सम्मेलन गरेर आफुले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।
कास्कीबाट पक्राउ परेका पत्रकार कोही तीन हप्ता लामो हिरासत बसाइपछि कोही धरौटीमा छुटेका छन् भने कोही अदालतको आदेशले निर्दोष साबित भै हिरासतमुक्त भएका छन्।