हौसिएका नवनियुक्त सभामुख सापकोटाले अगाडिका बरिष्ठ नेता खनाल र प्रमुख सचेतक गुरुङ पनि देखेनन् (भिडियोसहित)

हौसिएका नवनियुक्त सभामुख सापकोटाले अगाडिका बरिष्ठ नेता खनाल र प्रमुख सचेतक गुरुङ पनि देखेनन् (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १३ माघ २०७६
  • 6.7K
    Shares

सभामुख अग्नि सापकोटा

लामो तनाब र खिचातानीका बीच प्रतिनिधिसभाको आइतबारको बैठकबाट सत्तारुढ नेकपाका नेता अग्निप्रसाद सापकोटा सर्वसम्मत रुपमा सभामुख घोषित भए।

तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा थुनामा परेपछि गत असोजदेखि रिक्त सभामुख पदमा सापकोटाको एकल उम्मेदवारी परेको थियो। प्रमुख प्रतिपक्षी कांग्रेस र अर्को प्रतिपक्षी समाजवादी पार्टीले सभामुख उम्मेदवारी दिएन।

संसद बैठकको अध्यक्षता गरेका प्रतिनिधि सभाका जेष्ठ सदस्य राजपा संसदीय दलका नेता महन्थ ठाकुरले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरे।

बैठकको अध्यक्षता गरिरहेका महन्थ ठाकुरले प्रतिनिधिसभाको बैठक समापन गरेको घोषणा गरे लगत्तै आफ्नो कुर्चीबाट हौसिएर उठेका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई छेवैमा बसेकी पुर्व सभामुख ओनसरी घर्तीले सबैभन्दा पहिले खादा लगाएर बधाई दिएकी थिइन।  सापकोटासंगै अर्कोतर्फको कुर्चीमा बसेकी नेत्री पम्फा भुसाललाई समेत नवनियुक्त सभामुख सापकोटाले हेरेनन्।

त्यसपछि एकदुई जना सांसदको बधाई लिएका नवनियुक्त सभामुख सापकोटाको आँखा धेरै पर अगाडी बसेका प्रधानमन्त्री केपी शर्मा ओलीतिर गैरहेको थियो।  आँखा र ध्यान प्रधानमंत्रीतिर लगाएका नवनियुक्त सभामुख सापकोटाले प्रुख सचेतक देव गुरुङको बधाई पनि लिएनन।  बधाई दिन हात अघि बढाएका गुरुङलाई समेत सापकोटाले देखेनन्।  त्यहाँबाट अघि बढेका सापकोटाले पार्टीका बरिष्ठ नेता झलनाथ खनाललाई आफ्नै अघिबाट बधाई दिन लागेको पनि देखेनन्।  उनले “पहिला उता” भन्दै औंलोले इशारा गरेर दगुर्दै प्रधानमन्त्री ओलीतिर दगुरेका थिए।  हेर्नुस भिडियो 

राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वाचित सापकोटालाई राष्ट्रपति कार्यालय शितल निवासमा ११ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको संघीय संसद प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

प्रतिक्रिया