बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्तालाई नौ महिनापछि प्रहरीले गोरखाबाट फेरी गिरफ्तार गरेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाले गिरफ्तार गरेका बिप्लावाका दुईकार्यकर्ताहरुमा गोरखा जिल्लाको गण्डकी गाउँपालिका – ७ घ्याल्चोकका विष्णुप्रसाद रिजाल र शहीद लखन गाउँपालिका – ४ ताक्लुङका रोहितप्रसाद पन्त रहेका छन्। उनीहरुलाई शुक्रबार साँझ गोरखा नगरपालिका – १० बिरिन्चोकबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
४८ वर्षीय पन्त विप्लव नेतृत्व माओवादीका किसान संगठनका पूर्वप्रमुख र ६७ वर्षीय रिजाल पूर्वजिल्ला जनपरिषद प्रमुख हुन्। गोरखा प्रहरीले उनीहरू दुवैलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरि कार्वाही प्रक्रिया अघि बढाएको छ।
उनीहरुलाई यसभन्दा नौ महिना अघि पनि प्रहरीले गिरफ्तार गरेको थियो।