आफ्नो पैसा नतिर्ने चिनी मिलको चिनी बजारमा बेच्न नदिन सर्लाहीका किसानले आन्दोलन गरेका छन्। उनीहरुले चिनी बजारमा जान नदिन सडक खनेर खाल्डो समेत पारेका छन्।
सर्लाहीको धनकौल-३ मा रहेको अन्नपूर्ण चिनी मिलको चिनी बिक्री गर्न नदिन किसानहरुले आन्दोलन गरेका हुन् ।
स्थानिय प्रशासनको सहयोगमा करिब ६ करोड मूल्य पर्ने १० ट्रक चिनी उद्योगबाट काठमाडौं लैजान लाग्दा स्थानीय किसानहरुले अवरोध गरेका हुन् ।
उद्योग मन्त्रालयमा चिनी बेचेर कृषकको पैसा तिर्ने सहमति गरेको उद्योगले गृह मन्त्रालयको सहजीकरणमा मिलबाट चिनी बिक्री गर्दै आएको थियो ।
उद्योगमा ८ हजार क्वीन्टल चिनी मौज्दात छ । जिल्ला प्रसााशन कार्याालय सर्लाहीको रोहबरमा चिनी बिक्रीको लागि सहजीकरण थालिएको तर बिहानैदेखि स्थानीयको समूहले अबरोध गर्दा उद्योगबाट चिनी पठाउन नसकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जानकारी दिए । उनीहरुले मिलको सुरक्षामा तैनाथ प्रहरीमाथि ढंुगा समेत हानिएको उनले बताए ।