दामनको पानोरोमा रिसोर्टमा आठ भारतीय अचेत अवस्थामा भेटिए

दामनको पानोरोमा रिसोर्टमा आठ भारतीय अचेत अवस्थामा भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ७ माघ २०७६
  • 5K
    Shares

पानोरोमा रिसोर्ट

मकवानपुरको थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरोमा रिसोर्टमा ८ भारतीय नागरिक अचेत अवस्थामा भेटिएका छन् । दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई मंगलबार बिहान बेहोस अवस्थामा फेला पारिएको हो ।

अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान खुलेको छैन। ती पर्यटकहरु दुई कोठामा बसेको भए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ। चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको हुनसक्ने घटनास्थलमा रहेका स्थानीय सञ्चारकर्मी सुरज भुजेलले जानकारी दिएका छन्।

अचेत अवस्थामा रहेका भारतीयहरुलाई अहिले काठमाडौं लैजान हेलिकप्टर बोलाइएको छ। १५ जनाको समुहमा रहेका उनीहरु नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौंडा आएको बुझिएको छ। उनीहरु कटेजमा बसेका थिए ।

प्रतिक्रिया