अवैध रूपमा साइबेरिया हुँदै पोर्चुगल जान लागेका आठ जना नेपालीलाई रोमानियाको सीमा प्रहरीले पक्राउ गरेको छ।
रोमानियाको ‘अस्थायी आवासीय अनुमति’ लिएका ती नेपालीहरू २२ देखि ३५ वर्ष उमेरका रहेका छन् र ती युवाहरूको परिचय भने खुलाइएको छैन ।
उनीहरू रोमानियाको टिमिसोरादेखि जिम्बोलियासम्म रेलयात्राबाट पुगेका थिए भने त्यहाँबाट अवैध रूपमा सीमा पार गरी पोर्चुगल जान लागेको प्रहरीलाई बयान दिएका छन् ।
रोमानियन सीमा प्रहरीले उनीहरूलाई संग्दिग्ध अवस्थामा जिम्बोलिया सीमा क्षेत्रमा फेला पारेर पक्राउ गरेको जिकिर गरेको छ । उनीहरूलाई त्यहाँको शरणार्थी केन्द्रमा राखिएको रोमानियन बोर्डर पुलिसले जनाएको छ ।