पछिल्लो समय राष्ट्रिय जागरण मञ्च स्थापना गरेर नेपालको संसदबाट पारित गर्ने प्रक्रियामा रहेको अमेरिकी सहयोग सम्बन्धी एमसीसी सम्झौताको चर्को बिरोध गरिरहेका वामबुद्धिजीवी, लेखक एबम साहित्यकार गुणराज लोहनीलाई प्रहरीले सोमबार दिउसो चितवानबाट गिरफ्तार गरेको छ।
राष्ट्रिय जागरण मञ्चका संयोजक समेत लोहनीलाई सोमबार बाटोमा हिडिरहेका बेला अ’पहर’ण शैलीमा प्रहरीले गिरफ्तार गरेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनलाई केकति कारणले गिरफ्तार गरेको हो भन्ने विषयमा प्रहरीले केहि जानकारी नदिएको उनकी जीवन संगीनी सरला रेग्मीले जानकारी दिइन । लोहनीलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको समाचार स्रोतले जानकारी दिएको छ।
लोहनी बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य हुन् । बिगत लामो समयदेखि अस्वस्थ रहेका लोहनीले स्वास्थ्यकै कारण केहि समयअघि मात्रै नेकपाको केन्द्रीय समितिबाट बिदा लिएका थिए । उनलाई यसअघि पनि गत असोजमा चितवन प्रहरीले गिरफ्तार गरेको थियो । त्यसबखत पनि उनी १३ दिन हिरासतमा बसेका थिए ।
https://www.facebook.com/janasanchar1/videos/2666779590275706/?t=16