असई बनाइदिन्छु; भन्दै ठगी गरेको आरोपमा सत्तारुढ नेकपाका नेता पक्राउ

असई बनाइदिन्छु; भन्दै ठगी गरेको आरोपमा सत्तारुढ नेकपाका नेता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ६ माघ २०७६
  • 3.6K
    Shares

रामबाबु बैठा

‘नेपाल प्रहरीको असई पदमा जागिर लगाइदिन्छु’ भनेर ठगी गरेको आरोपमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश २ कमिटीका सदस्य रामबाबु बैठा पक्राउ परेका छन् । रौतहट मौलापुर–७ का प्रदीप कुमार साह कानुले पर्सा जिल्लाको पोखरिया–१ निवासी नेता बैठाकाबिरुद्ध ‘असई बनाइदिन्छु; भन्दै पांच लाख रुपियाँ ठगी गरेको आरोप लगाएर मुदा दर्ता गरेका थिए। प्रदीप कुमार साह कानुको उजुरीका आधारमा प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता बैठा र सुनिल चौरसियाविरुद्ध ठगी मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो ।

चौरसिया र घटनामा पछि जोडिन आइपुगेका कालिकामाई– १ का ईश्क कुमारलाई प्रहरीले यसअघि नै पक्राउ गरेर अदालत पेश गरिसकेको थियो । मंसिर ११ गते चौरासिया ५ लाख र ईश्क कुमार ५० हजार धरौटी बुझाएर तारिखमा रिहा भइसकेका छन् ।  उजुरीपछि फरार रहेका बैठा सोमबार स्वयं जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर राखेको छ ।

उनी विरुद्ध अदालतबाट म्याद थप गरी बयान लिएर कानूनी कारबाही प्रक्रिया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया