उच्च अदालत पाेखराले अाज विप्लव कार्यकर्ताकाे पक्षमा रिट दायर गर्न अस्वीकार गरेकाे छ । पीडितहरूकाे तर्फबाट दायर भएकाे बन्दी प्रत्यक्षीकरण मुद्दामा उच्च अदालत पाेखराका माननीय न्यायाधीशद्वय यज्ञप्रसाद बत्स्याल र विनाेदमाेहन अाचार्यकाे संयुक्त ईजलाशले विप्लव कार्यकर्ताकाे अाराेप लागेका लाेकेन्द्र राई, डिलबहादुर सुनार “विकास” र बलबहादुर हिटान मगरकाे पक्षमा बन्दी प्रत्यक्षीकरण रिट अादेश जारी गर्न अस्वीकार गरेकाे हाे ।
रिट निवेदकहरूकाे तर्फबाट अधिवक्ताद्वय सुरेन्द्र थापा मगर र विष्णुप्रसादले बहस गरेका थिए । उनीहरूलाई जिल्ला प्रहरी कार्यलय कास्कीले पक्राउ गरि हिरासतमा राखेर राज्य विरूद्धकाे कसुर मुद्दामा अनुसन्धान गरिरहेकाे छ ।
उनीहरुलाई गएको पुषको अन्तिम शुक्रबार बिहानै ४ बजे पोखरा महानगरपालिका वडा नम्बर १४ नयाँ वस्तिस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका सुनारको साथबाट केही थान डेटोनेटर र फयुज तार समेत बरामद गरिएको प्रहरीको दाबी छ।