महिला कामदार बोकेको बस अबुधाबीमा दुर्घटनाग्रस्त, तीन नेपाली महिला कामदारको मृत्यु, १४ घाइते

महिला कामदार बोकेको बस अबुधाबीमा दुर्घटनाग्रस्त, तीन नेपाली महिला कामदारको मृत्यु, १४ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३ माघ २०७६
  • 4.3K
    Shares

महिला कामदार बोकेको बस संयुक्त अरब इमिरट्सको अबुधाबीमा बिहीबार बिहान ५ः३० बजे दुर्घटना हुँदा तीन नेपाली महिला कामदारको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्।

आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् ।

एमबीएम कम्पनीमा कार्यरत उनीहरु चढेको बस गुडिरहेको लरीमा ठोक्किएर दुर्घटना भएको थियो ।  दुर्घटनामा परि झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङले ज्यान गुमाएको नेपाली दूतावास अबुधाबीले जनाएको छ । तामाङको ठेगाना खुल्न बाँकी छ ।

सो दुर्घटनामा परि घाइते बनेका १४ नेपाली हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन् । त्यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन् । सुजलाको नेपाल ठेगाना भने खुलेको छैन।

मफरक अस्पतालमा उपचारपछि निर्मला भने क्याम्प फर्किएकी छिन् । अन्य १३ जनाको आबुधाबीको मफरक , एनएमसी र अल रहा अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरूको उपचारमा कम्पनीले सहयोग गरिरहेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले बताए ।

यसअघि ०७६ असोजको दोस्रो साता दुवईमा नेपाली चढेको सवारी दुर्घटना भएको थियो । जसमा ६ नेपालीले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया