भेटेनरीको प्रयोगात्मक अभ्यासमा आएकी छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा पशु प्राविधिक आचार्य पक्राउ

भेटेनरीको प्रयोगात्मक अभ्यासमा आएकी छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा पशु प्राविधिक आचार्य पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २ माघ २०७६
  • 2.4K
    Shares

भेटेनरी बिषयको प्रयोगात्मक अभ्यासमा आएकी छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा एक पशु प्राविधिकलाई प्रहरीले पक्राउ गरेको छ।  भेटेनरी विषयको ओजेटी गरिरहेकी छात्रालाई मङ्गलबार बेलुका यौन दुव्र्यहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु प्राविधिक गणेश आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।  पिडित छात्राको आफन्तले प्रहरीमा उजुरी दिएपछि पशु प्राविधिक आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी प्रयास उद्योग महलअन्तर्गत मुद्दा दर्ता गरेर कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए। आचार्यलाई बिहीबार जिल्ला अदालतमा लगेर म्याद थप्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीमा उजूरी दिएर पीडक पक्राउ परेपछि उनका आफन्तले मिल्नका लागि फोन र भेटघाटमा दवाव दिइरहेको पीडित छात्राले गुनासो गरेकी छन् । स्रोतका अनुसार अध्ययनरत विद्यालयबाट ओजेटीमा नगरपालिका पठाइएका तीन जना विद्यार्थीमध्ये उनलाई यथास्थानमा राखेर दुई जनालाई भने पशु चिकित्सालय तथा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय दिक्तेलमा पठाइएको छ ।

प्रतिक्रिया