पोखरा आउदै गरेको प्रहरीको गाडी तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्।
देवघाटको मेलामा थप मद्दतका लागि गएको पोखराको १ नम्बर गणका टोली सवार बा १ ग २११८ नम्वरको गाडी दुर्घटना हुँदा प्रहरी जवान सन्दीप केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ सो दुर्घटनामा परि घाइएते भएका ३१ मध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।