सुर्खेत जान्छु भनेर घरबाट निस्किएका बाँके जिल्लाको कोहलपुर नगरपालिकाका एक वडाध्यक्ष भारतको बहराइच स्थित एउटा होटलमा मृत अवस्थामा भेटिएका छन् । ‘अाफ्नै निवास चप्परगाैडीबाट मेहलकुना सुर्खेत जानू छ’ भनी हिडेका कोहलपुर नगरपालिकाको वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइच स्थित शकर होटलमा मृत अवस्थामा भेटिएका हुन् ।
अाफ्नाे जिम्मेवारी वडा सदस्य नैन बहादरु शाहि लाई दिई घरायसि कामले हिडेकाेमा हिजाे १० : २४ काे समयमा जमुनाह नाका बाट रिक्सामा रुपेहिडिया तिर गऐकाे सि सि क्यामरा काे फुटेजवाट देखियकाे छ ।
वडा अध्यक्ष खड्का मृत अवस्थामा फेला परेको सूचना पाएपछि विद्यार्थी नेता तथा प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वको टोली भारत गएको छ ।
नेकपाका बाँके अध्यक्ष आईपी खरेलका अनुसार खड्काले आत्महत्या गरेको प्रारम्भीक जानकारी भारतीय प्रहरीले नेपाली सुरक्षा निकायलाई गराएको छ । उनी सुर्खेत जान्छु भनेर घरबाट हिँडेको परिवारका सदस्यले जानकारी दिएको खरेलले बताए ।