पोखरामा स्कुटर चोरी गर्ने एक किशोर्साहित चार जना पक्राउ

पोखरामा स्कुटर चोरी गर्ने एक किशोर्साहित चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २ माघ २०७६
  • 3.2K
    Shares

पोखरा र लेखनाथ क्षेत्रमा स्कुटर चोरी गर्ने समूह

पोखरा र लेखनाथ क्षेत्रमा स्कुटर चोरी गर्ने कार्यमा एक किशोरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।  स्कुटर चोरी गर्ने कार्यमा संलग्न मध्ये एकजना पोखराका १७ वर्षीय रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा दिएको जानकारी अनुसार, कक्षा सातमा अध्ययनकै क्रममा पढाई छाडेर स्कुटर चोरी गर्ने कार्यमा संलग्न भएका ती किशोरले तीन हप्ताभित्र पोखरा क्षेत्रभित्रबाट ५ वटा स्कुटर चोरी गरेका थिए।  स्कुटर चोरी गर्दै जम्मा पारे पछी स्कुटर बिक्रि गर्नको लागि विभिन्न ठाउँमा जाने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।

यसै गरी इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले २ वटा स्कुटर चोरी गर्ने ३ जनालाई पक्राउ गरेको छ । स्कुटर चोरी गर्ने पोखरा- ७ बस्ने २३ बर्षका सुवास बिक, पोखरा- ३१ का २४ बर्षीय मिलन बिक र पोखरा -३२ का २५ बर्षीय पेम्पा घिसिङ रहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया