प्रहरीले १३ बर्से बालकलाई रुखमा बाँधेर हत्या गरेपछि माओवादीद्वारा १० दिने बन्दको घोषणा, ७० ट्रकमा अागजनी

प्रहरीले १३ बर्से बालकलाई रुखमा बाँधेर हत्या गरेपछि माओवादीद्वारा १० दिने बन्दको घोषणा, ७० ट्रकमा अागजनी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ पुष २०७३
  • 9.2K
    Shares

भारतीय माओवादीले दश लामो बन्दको घोषणा गरेकाे छ । सुरक्षा फौजले छत्तीसगढ राज्यको बस्तर जिल्लाको मेटापल जङ्गलमा एक १३ बर्से बालकको हत्या गरेको भन्दै माआवादीले दश दिनसम्म सो क्षेत्र बन्दको घोषणा गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

माओवादीले लगाउने कम्ब्याट ड्रेस लगाएर प्रहरीले ती बालकलाई रुखमा बाँधेर हत्या गरेर दोहोरो भिडन्तमा माएिको भन्दै प्रहरीले प्रहरीले बक्तव्य दिएको छत्तीसगढमा कार्यरत मानव अधिकारवादी संस्थाहरुले बताएका छन् ।

यो क्षेत्रका आदिवासीहरूमाथि भएको दमन, हत्याविरुद्ध गरिएको दश दिने बन्द अगामी जनवरी ३ सम्म रहने छ ।

जनमेल अनलाइनका अनुसार भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूले शनिबार आदिवासी क्षेत्रस्थित बहुराष्ट्रिय कम्पनीका ७० ओटा ट्रकहरूमा आगो लगाइदिएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार महाराष्ट्रको गाडचिरोली जिल्लाको सुरजपुरमा बहुराष्ट्रिय कम्पनी ल्वायड मेटल्स एन्ड इनर्जी कम्पनीसित सम्बद्ध ७० ओटा जति गाडीहरू माओवादी छापामारहरूले जलाइदिएका हुन् । उक्त कम्पनीले बनजंगल अतिक्रमण गरेको, आदिवासीहरूलाई विस्थापन गरेको, प्रदूषण फैलाएको र खानी सुरक्षाका नाममा प्रहरी गतिविधि बढाएको भन्दै ट्रकहरुमा आगो लगाएको भारतीय माओवादीले जनाएको छ । उक्त क्षेत्रबाट फलाम खानी हटाउनु पर्ने स्थानीयले लामो समयदेखि माग राख्दै आएको बताइएको छ ।

उता प्रहरीले ट्रकमा आगो लागेका घटनालाई स्वीकार गर्दै प्रहरीले ३५ ओटा ट्रक मात्र जलेको बताएको छ । घटनास्थलबाट प्रहरी कार्यालय ५ किलोमिटरको दुरीमा रहेको समाचारमा उल्लेख छ ।

– See more at: http://onlinedabali.com/archives/18406#sthash.8hb1FpZY.dpuf

प्रतिक्रिया