ने.क.पा.द्वारा ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार ढकालको घरमा बम बिस्फोट

ने.क.पा.द्वारा ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार ढकालको घरमा बम बिस्फोट


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २ माघ २०७६
  • 6.3K
    Shares

बा ५ च ९५५९

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर १ को नर्सरी चोकस्थित घरमा बुधबार साँझ बम विस्फोट भएको छ । कामनपा १६ सानो भर्याङस्थित ढकालको घरमा साँझ बम विस्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

विष्फोटका कारण पार्किगमा राखिएको बा ५ च ९५५९ नम्बरको गाडीमा क्षति पुग्नुका साथै घरको झ्यालका सिसाहरु फुटेको जनाईएको छ ।

प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले गराएको प्रहरीले आशंका गरेको छ । प्रेसर कुकर बम विस्फोट भएको प्रहरीको प्रारम्भीक निष्कर्ष छ ।

यसैबीच  विष्फोटको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । पर्चामा बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

प्रतिक्रिया