आफ्नै बिस्वासी महिलालाई वलात्कार गरेको आरोपमा पाष्टर बिश्वास जोशी पक्राउ

आफ्नै बिस्वासी महिलालाई वलात्कार गरेको आरोपमा पाष्टर बिश्वास जोशी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २९ पुष २०७६
  • 6.7K
    Shares

पाष्टर बिश्वास जोशी

आफुसंग शारीरिक सम्बन्ध गरे सबै पाप नस्ट हुने प्रलोभन देखाएर एक बिस्वासी महिलालाई वलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पाष्टर बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशीलाई पक्राउ गरेको छ।

पीडित महिलाको लिखित जाहेरी आधारमा ललितपुर प्रहरीले सोमबार पाष्टर जोशीलाईजबरजस्ती करणी सम्बन्धी कसुरमा पक्राउ गरेको हो । बाथसम्बन्धी रोग भएकी महिलालाई उपचारको बहानामा बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

पास्टर जोशीले महिलाको शरीरका खुटटाहरु समेत काप्ने थाहा पाएपछि आफूसँग शारीरिक सम्बन्ध राखे सबै रोग निको हुने भन्दै अनेक प्रलोभन देखाएर बलात्कार गरेका थिए ।
डीएसपी तामाङका अनुसार उनले ‘तिमीले नराम्रो काम गरेको कारण तिमीलाई यस्तो रोग लागेको हो। सो पाप मेटाउनको लागि म सँग शारिरीक सम्पर्क गर्नुपर्छ भनि म प्रार्थना बस्दा परमेश्वरले मलाई भन्नु भएको छ’ भन्दै बलात्कार गरेका थिए । पहिलो पटक तीन महिनाअघि चापागाँउमोडको एक गेष्ट हाउसको कोठामा बोलाई बलात्कार गरेको पीडित महिलाको उजुरीमा उल्लेख छ ।
बलात्कार पछि उनले शारीरिक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा जे पनि हुन सक्ने भन्दै धम्की समेत दिएका थिए । यस्तै धम्की दिँदै उनले तीन पटकसम्म बलात्कार गरेको पीडित महिलाले बताएकी छिन् । उनलाई सोमबार साँझ चर्चबाटै पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया