होमवर्क नगरेको भन्दै बिद्यार्थी कुट्ने शिक्षक बराई पक्राउ

होमवर्क नगरेको भन्दै बिद्यार्थी कुट्ने शिक्षक बराई पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २१ पुष २०७६
  • 3.4K
    Shares

मोहम्मद देवान

होमवर्क नगरेको भन्दै बिद्यार्थी कुट्ने रूपन्देही सम्मरीमाई गाउँपालिकाको ज्ञानदीप बोर्डिङ स्कुलमा पढाउने शिक्षक शैलेन्द्र बराईलाई प्रहरीले पक्राउ गरेको छ।

 शिक्षक बराईलाई आइतबार मर्चवार  इलाका प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्ग खत्रीले जानकारी दिए।

शिक्षक बराईले कक्षा ५ मा पढ्ने सम्मरीमाई गाउँपालिका-६ मर्चवारका मोहम्मद देवानलाई होमवर्क नगरेको भन्दै गत बुधबार लठ्ठीले हानेका थिए। कुटपिटपछी आँखामा गहिरो चोट लागेका देवानका अभिभावकले आइतबार हुलाकमार्फत् प्रहरीमा उजुरी गरेका थिए।

देवनले सो दिन कापी लिन बिर्सेपछि शिक्षकले उनीमाथि लठ्ठीले हानेका थिए। चोटले उनको दाँया आँखा सुन्निएको थियो।

प्रतिक्रिया