मलद्वारमा लुकाएर  ल्याएको दुई किलो सुनसहित दुई भारतीय पक्राउ

मलद्वारमा लुकाएर  ल्याएको दुई किलो सुनसहित दुई भारतीय पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ पुष २०७६
  • 5.3K
    Shares

मलद्वारमा लुकाएर  ल्याएको दुई किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनाभारतीय नागरिक पक्राउ परेका छन्।  पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल छन् ।

तरल बनाएर मेटल डिटेक्टरले पनि काम नगर्ने गरी ल्याइएको उक्त परिमाणको सुनको बास्तविकता पत्ता लगाउन उनीहरुलाई काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्नुपरेको थियो ।

यसअघि मंगलबार पनि यही शैलीबाट ल्याइएको आधा किलो सुनसहित महाराष्ट्रकै हरिराम नेपाली पक्राउ परेका थिए ।

 

प्रतिक्रिया