प्रचण्डका दाहिने हात एसपी मल्ललाई १२ घन्टाभित्र चितवन छाड्न निर्देशन

प्रचण्डका दाहिने हात एसपी मल्ललाई १२ घन्टाभित्र चितवन छाड्न निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ पुष २०७६
  • 3.5K
    Shares

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का दाहिने हात मानिने एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न प्रदेश नम्बर ३ प्रहरी कार्यालयले निर्देशन दिएको छ ।

सरुवा भएर पनि अटेर गरी चितवनमै बसेका एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न प्रदेश नम्बर ३ प्रहरी कार्यालयले निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयले १३ दिनअघि एसपी मल्ललाई चितवनबाट सरुवा गरेको थियो । तर, मल्लले जिल्ला नछाडेपछि प्रदेश कार्यालयले अल्टिमेटमसहित पत्राचार गरेको हो ।

पत्रमा ‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले त्यहाँ कार्यरत प्रहरी नायब उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन’ निर्देशन गरिएको उल्लेख छ ।

गत पुस ४ गते एसपी मल्लसहित २४ एसपीको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको थियो । मल्लको स्थानमा एसपी गंगा पन्तको सरुवा भएको छ । मल्ललाई भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ ।

यसअघि मल्ल डिएसपी हुँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सुरक्षा गार्ड थिए । पछि उनी काठमाडाैँ महानगरीय प्रहरी वृत्त दरबारमार्गको नेतृत्वमा पुगे । अनि पछि एसपीमा बढुवा भएलगत्तै उनले चितवन जिल्ला प्रहरी प्रमुखको नेतृत्व पाएका थिए ।

प्रतिक्रिया