काठमाण्डौस्थित मेट्रो प्रहरीद्वारा सादा पोशाकका घुमुवा प्रहरी परिचालन खारेज

काठमाण्डौस्थित मेट्रो प्रहरीद्वारा सादा पोशाकका घुमुवा प्रहरी परिचालन खारेज


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ पुष २०७६
  • 6.1K
    Shares

डिआईजी विश्वराज पोख्रेल

महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले सादा पोशाकका सबै घुमुवा प्रहरीको परिचालन खारेज गरेको छ ।

महानगरीय प्रहरी कार्यलयबाट खटाइएका सादा पोशाकका प्रहरीको परिचालन खारेज गरिएको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।

डिआईजी विश्वराज पोखरेलले सूचना संकलनका लागि भनेर यसअघि परिचालन हुने गरेका २५ जना घुमुवा प्रहरीलाई फिर्ता बोलाइएको जानकारी दिए ।

सूचना संकलनका लागि भनेर परिचालन हुने भएपनि घुमुवा प्रहरीहरु विभिन्न प्रकरणमा मुछिएर विवादमा आउँदै गरेका थिए । घुमुवा प्रहरीहरु विभिन्न प्रकरणमा पैसा उठाउनेदेखि अपराधिक गतिविधिमा संलग्न हुने गरेका थिए ।

‘निर्धारण गरिएको जिम्मेवारीभन्दा अन्यत्र लाग्ने गरेका कारण घुमुवा प्रहरीहरुका कारण संगठनकै बदनाम हुने गरेको देखियो,’ डिआईजी पोखरेलले भने, ‘अब सूचना संकलनको काम युनिटबाटै गर्छौं ।’

कार्यालयले ३० देखि ३५ जना शादा पोशाकका प्रहरी उपत्यकामा खटाउने गरेको थियो । ती प्रहरीले अब प्रहरी पोशाकमै प्रहरी कार्यालयको दैनिक अपरेसनमा खटाइने आयुक्त पोखरेलले बताए ।

प्रतिक्रिया