जनवरी ११ मा संसद र राष्ट्रपतिको चुनाव हुन लागेको ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण हुँदा प्रधान सेनापति सहित अन्य तीन सैनिक अधिकारी बेपत्ता भएका छन्।
ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्लाक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा आकस्मिक अवतरण भएको थियो।
हेलिकप्टरको आकस्मिक अवतरणपछि उद्धार कार्य थालिएको थियो। हेलिकप्टरमा सवार केहीलाई जिवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङसहित तीन जना फेला परेका छैनन्। उद्धार कार्य जारी छ।
सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए। हेलिकप्टर किन आकस्मिक अवतरण गर्नुपर्यो भन्ने कारण खुल्न सकेको छैन।