नेपाल प्रारीमा ठूला पदका प्रहरी अधिृकतले बढुवामा असन्तुष्टिपछि राजीनामा दिए पनि प्रहरी निरीक्षकभन्दा मुनिका कर्मचारीले सेवा सुबिधा कम भएको महशुश गर्दै राजिनामा दिनेहरुको संख्या बढेको छ।
प्रहरी प्रधान कार्यालयकै अभिलेखले पनि राजीनामाको लहर बढेको देखाउँछ। आर्थिक वर्ष ०७४/०७५ मा तीन डीआईजीसहित दुई हजार पाँच सय ६४ जनाले राजीनामा दिएका थिए भने ०७५/०७६ मा तीन जना प्रहरी वरिष्ठ उपरीक्षकसहित तीन हजार ७३ जनाले राजीनामा दिएका थिए। चालु आवको पुससम्ममा एक हजार दुई सय नौ जनाले राजीनामा दिएका छन्।
रकारले प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेपछि असन्तुष्ट प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले राजीनामा दिए। अर्का हाल नेकपाका सांसद समेत रहेका तात्कालिन डीआईजी नवराज सिलवालले आफू महानिरीक्षक नभएपछि राजीनामा दिए। अर्का डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाइएको भन्दै अदालतमा रिट दर्ता गरे। अदालतबाट मुद्दा जिते पनि सरकारले सिलवालको सट्टा प्रकाश अर्याललाई महानिरीक्षक बनायो।
एसएसपीबाट डीआईजी बढुवामा आफूलाई छुटाएको भन्दै प्रहरी वरिष्ठ उपरीक्षक लव विष्टले राजीनामा दिए। दाबेदार हुँदाहुँदै पनि बढुवामा नियतबस छुटाइएको भन्दै विष्टले राजीनामा दिएका थिए।
राजीनामाका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री भन्छन्, ‘संगठनभित्र सेवा सुविधा कम भएपछि राजीनामा आउन थालेको हो।’ उनले वैदेशिक रोजगारमा पूर्वप्रहरीले सुरक्षा गार्डको राम्रो जागिर पाउने भएकाले पनि राजीनामा दिएको बताए। ‘राजीनामा दिने दर्जा हेर्नुभयो भने धेरै सई, असई, हवल्दार र जवानको संख्या छ’, क्षेत्रीले भने, ‘पेन्सन हुनेबित्तिकै छाड्ने संख्या बढ्दो छ।’
महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेलले भने, ‘राजीनामा धेरै आउन थाल्यो। रोक्न पनि नसकिने भइयो। ’
समाचारस्रोत अन्नपूर्णपोस्ट