आम नेपाली अंग्रेजी नया वर्ष २०२० र नेपाल भ्रमण वर्ष २०२० को भब्य स्वागत गर्दै रमाइलो गरिरहेका बेला नेपाल सरकारले इन्धनको मूल्य बढाएको छ।
भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार भन्दै नेपाल आयल निगमले बुधबार मध्य रातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । अब पेट्रोल प्रतिलटर १११ पुगेको छ भने डिजेल र मट्टीतेल एक सय रुपैयाँ पुगेको छ।
यसअघि पेट्रोल १०९ रुपैयाँमा पाइन्थ्यो भने डिजेल र मट्टीतेल ९८ रुपैयाँ पथ्र्यो । आयल निगमले हवाई इन्धन र खाना पखाउने एलपी ग्यासको मूल्य भने यतावत रहेको बताएको छ ।