काश्मीर लडाईमा भारतीय गोर्खा सैनिक थापाको मृत्यु

काश्मीर लडाईमा भारतीय गोर्खा सैनिक थापाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ पुष २०७६
  • 4.6K
    Shares

अर्जुन थापामगर

भारतको केन्द्र शासित जम्मु कास्मिरको नौशेरामा मंगलबार राति आतंकवादीको हमलामा भारतीय सेनामा कार्यरत भारतीय गोर्खा सैनिक अर्जुन थापामगर मारिएका छन् ।

भारतीय सेनामा कार्यरत गोरखाको रिप गाउँका सैन्य जवान २५ वर्षीय थापाको उपचारका क्रममा निधन भएको जनाइएको छ । भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दद्वारा बुधबार जारी विज्ञप्ति अनुसार , हतियारधारी आतंककारीलाई जवाफी फायरिङ गर्ने क्रममा घाइते भएका थापाको निधन भएको हो  ।

घटनामा भारतीय सेनामा कार्यरत महाराष्ट्रका नायक सवान्त सन्दीप रघुनाथको पनि निधन भएको छ । थापा र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले प्रशंसा गरेको छ ।

प्रतिक्रिया