बिप्लवका नेता समात्न सुर्खेतको चेनेरीताल जङ्गलमा बिप्लवका कार्यकर्तामाथि प्रहरीको फ़ायरिङ्ग

बिप्लवका नेता समात्न सुर्खेतको चेनेरीताल जङ्गलमा बिप्लवका कार्यकर्तामाथि प्रहरीको फ़ायरिङ्ग


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ पुष २०७६
  • 4.6K
    Shares

सुर्खेतको पञ्चपुरी नगरपालिका ८ स्थित जंगलमा फ़ायरिङ्ग

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेता गिरफ्तार गर्न गएका प्रहरीसंग स्थानीय जनताले प्रतिरोध गरेपछि सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा फ़ायरिङ्ग भएको समाचार छ।

प्राप्त समाचार अनुसार, विप्लव नेतृत्वको ने.क.पा. का जिल्ला नेता बज्रबहादुर शाही घरमा आएको सुचना पाएको प्रहरीले उनलाई गिरफ्तार गर्न सादा पोशाकका प्रहरी परिचालन गरेको थियो।  नेता शाहीलाई सादा पोशाकका प्रहरीले गिरफ्तार गर्न खोजेपछि स्थानीय बासिन्दाले प्रतिकारस्वरुप अवरोध गरेका थिए।  स्थानीय जनताले प्रतिरोध गरेपछि आतंकित बनेका सादा पोशाकका प्रहरीले आफुसंग रहेको पेस्तोलले हवाई फायर गरेर भागेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले दिएको जानकारी अनुसार, विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज दिउँसो फायरिंग भएपछी प्रहरीले जवाफी फ़ायरिङ्ग गरेको थियो।

विप्लव नेतृत्वको ने.क.पा. का जिल्ला नेता शाही घरमा आएको सूचना पाएको प्रहरीले उनलाई गिरफ्तार गर्न परिचालित प्रहरीलाई ने.क.पा.का कार्यकर्ताहरुले शाहीको घर नपुग्दै आउने जङ्गलमा प्रहरीमाथि आक्रमणको प्रयास गरेका थिए । शाहीलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बाबियाचौरबाट पेस्तोलसहित दुई जना प्रहरी सादा पोशाकमा खटाइएको थियो ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख ज्ञानबहादुर खत्रीले “प्रहरीलाई देख्न वित्तिकै ८–१० जनाको सङ्ख्यामा रहेका विप्लवका कार्यकर्ताले फायरिङ गरेको” आरोप लगाए।  उनले अहिले पनि थप प्रहरी परिचालन गरेर जङ्गल क्षेत्रमा उनीहरुको खोजी भइरहेको जानकारी दिए ।

 

 

प्रतिक्रिया