जनप्रतिनिधिको मिलेमतोमा जिल्ला प्रशासन कार्यालय लमजुङद्वारा भारतीयलाई नेपाली नागरिकता प्रदान

जनप्रतिनिधिको मिलेमतोमा जिल्ला प्रशासन कार्यालय लमजुङद्वारा भारतीयलाई नेपाली नागरिकता प्रदान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ पुष २०७६
  • 3.7K
    Shares

मर्स्याङ्दी गाउँपालिका वडा नं.९

जनप्रतिनिधिको मिलेमतोमा कानुनबिपरित लमजुङमा एक भारतीय नागरिकलाई नेपाली नागरिकता दिइएको खुलासा भएको छ।

जनप्रतिनिधिको मिलेमतोमा झुठ्ठो विवरण पेश गरेर लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं.९ स्थायी ठेगाना भएका सुगरे दमाई र सुशिला दमाईलाई नक्कली बाबु–आमा बनाई भारतीय नागरिकले अशोक दमाईले नेपाली नागरिकता लिएका हुन्।  गैर-नेपाली नागरिकलाई नेपाली नागरिकता दिन नपाउने कानूनमा स्पष्ट उल्लेख गरिएको छ ।

वडा अध्यक्ष नारायण बहादुर थापा समेतको सिफारिशमा जिल्ला प्रशासन कार्यालय लमजुङले वि.सं. २०७६ साल कात्तिक ३ गते ४५०१७६०२९६६ नम्बरको नागरिकता जारी गरेको थियो ।

भारतीय नागरिकले नेपाली नागरिकता लिएको कुरालाई वडा अध्यक्ष नारायण बहादुर थापाले समेत स्वीकार गरेका छन् ।  मर्स्याङ्दी गाउँपालिका वडा नं.९का वडा अध्यक्ष नारायण बहादुर थापाले आफूलाई थाहा नभएकाले नागरिकताको सिफारिस बनाइदिएको स्वीकार गरिसकेको अवस्थामा निजको नाममा जारी नागरिकता खारेजीको प्रक्रिया अघि बढेको जनाएको छ ।

नेपाली नागरिकता लिन झुठ्ठो विवरण पेश गर्ने, सिफारिश दिने र त्यही आधारमा नागरिकता जारी गर्नेसम्मलाई कानूनी कारवाही गर्ने कानुनी ब्यबस्था छ।  तर जिल्ला प्रशासन कार्यालय लमजुङले यस्तार्फा नदिएको अवस्थामा स्थानिय प्रशासन पनि शंकाको घेरामा रहेको बताइएको छ।

 

प्रतिक्रिया