वृद्धभत्ता समयमै पाउनुपर्ने माग राख्दा जेष्ठ नागरिकमाथि प्रहरीको लाठि

वृद्धभत्ता समयमै पाउनुपर्ने माग राख्दा जेष्ठ नागरिकमाथि प्रहरीको लाठि


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ पुष २०७६
  • 2.9K
    Shares

सप्तरीको छिन्नमस्ता गाउँपालिका कार्यालय घेराउ गरिरहेका जेष्ठ नागरिक

वृद्धभत्ता समयमै पाउनुपर्ने माग राखेर प्रदर्शनमा उत्रिएका जेष्ठ नागरिकलाई प्रहरीले लाठीचार्ज गरेको छ।

आफ्नो माग राख्दै सप्तरीको छिन्नमस्ता गाउँपालिका कार्यालय घेर्न पुगेका जेष्ठ नागरिकलाई प्रहरीले मंगलबार लाठीचार्ज गरेको हो।

सरकारले वृद्धवृद्धा, जेष्ठ नागरिक, एकलमहिला, अपाङ्ग र दलितलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तर छिन्नमस्ताका जेष्ठ नागरिकले भने महिनौदेखि भत्ता पाएका छैनन् ।

भत्ता नपाएपछि एक हजारभन्दा बढी जेष्ठ नागरिकले गाउँपालिका कार्यालय घेराउ गरेका छन् । जेष्ठ नागरिक र प्रहरीबीचको झडपको कारण छिन्नमस्ता गाउँपालिका तनावग्रसत बनेको छ ।

प्रतिक्रिया