भारतको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारततर्फ पारेमा बिरोध गरेको नेपाली टोलीलाई भारतले कालापानीमा सीमा नापजाँच गर्न रोकेको छ ।
नेपाल सरकारले मसिंर २७ मा बनाएको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा निरीक्षण समितिलाई भारतले कालापानीमा सीमा नापजाँच गर्न रोकेको हो ।
सीमा दुरुस्त रहे नरहेको, अतिक्रमण भएको नभएको, सीमा स्तम्भ हराए नहराएको यकीन गरेर तीन महिनाभित्र परराष्ट्र मन्त्रालयमा प्रतिवेदन बुझाउने गरी गठन भएको सो समितिले नाप्दै जाँदा कालापानीमा पुगेपछि भारतीय पक्षबाट अवरोध भएको भूमिसुधारमन्त्री पद्मा अर्यालले जानकारी दिइन। मंगलबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा उनले भनिन्, ‘नाप्दै जाँदा कालापानीमा पुगेपछि भारतीय पक्षबाट अवरोध भयो ।
भूमिसुधारमन्त्री पद्मा अर्यालकाअनुसार नापी विभागले सीमा निरीक्षण तथा नापजाँचको काममा अवरोध भएपछीअब कूटनीतिक समाधान पनि जाने भन्ने भएको छ ।