बिद्रोही ने.क.पा.को मुखपत्र रातोखबरका प्रबन्ध निर्देशक चापागाई गिरफ्तार

बिद्रोही ने.क.पा.को मुखपत्र रातोखबरका प्रबन्ध निर्देशक चापागाई गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ पुष २०७६
  • 3.3K
    Shares

भिम चापागाईं

ब्यापक जनदबाबलाई अटेर गर्दै संसदबाट संचार अभिब्यक्तिमाथि अंकुश लगाउने सुचना प्रविधि विधेयक पारित गरेको भोलीपल्टै  बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको मुखपत्र रातोखबर साप्ताहिकका प्रबन्धनिर्देशक भिमप्रसाद चापागाँईलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई रातोखबर प्रकाशन गृह प्रा.लि.द्वारा प्रकाशन हुने रातोखबर साप्ताहिकको काम गरिरहेको बेला आइतबार अपरान्ह १ बजे काठमाडौँको नक्सालबाट प्रहरीले गिरफ्तार गरेको हो।

प्रबन्धनिर्देशक चापागाईलाई हाल काठमाडौँको सोह्रखुट्टे प्रहरी चौकीमा राखिएको छ र अभद्र ब्यहारको मुद्दा लगाईएको उनको पारिवारीक श्रोतले जनाएको छ ।

यसैबीच,रातोखबर प्रकाशन गृहका निर्देशक अनिल शर्मा विरहीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दैआफ्नो प्रकाशन गृहका प्रबन्धनिर्देशक तथा पत्रकार चापागाईलाई बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल बिनाशर्त रिहाईको माग गरेका छन् । निर्देशक विरहीले विज्ञप्तिमार्फत सरकार निरङकुश बन्दै गैरहेको टिप्पणी गर्दै बैचारिक आस्थाकै आधारमा मिडिया सम्बद्ध ब्यक्तिलाई गिरफ्तार गरेको उल्लेख गरेका छन् ।

यस्तै रातोखबर साप्ताहिकका सम्पादक अशोकप्रसाद सुवेदीले पनि पत्रकार चापागाँईलाई गिरफ्तार गर्नु निन्दनीय भएको टिप्पणी गर्दै उक्त गिरफ्तारी संचारक्षेत्रमाथि गरिएको नियोजित आक्रमणको रुपमा व्याख्या गरेका छन्  ।

प्रतिक्रिया