राष्ट्रघाती र राष्ट्रहित बिपरित भनिएको एमसीसी सम्झौता र व्यबस्थापिका संसदको सभामुखको उम्मेदवार चयन गर्ने बिषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आइतबार बिहान बसेको सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन। तर त्यस बैठकले प्रदेश नम्बर ३ को नामांकन र राजधानी तोक्ने बारे निर्णय गरेर प्रदेश सभालाई छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सभामुखका उम्मेदवार र एमसीसीबारे केही निर्णय नगरेको स्रोतले जानकारी दिएको छ। नेकपाले सभामुख चुन्न नसक्दा संसदको काम-कारबाही प्रभावित हुँदै आइरहेको छ । त्यस्तै एमसीसीमार्फत् प्राप्त हुने ५५ अर्ब अनुदान स्वीकार गर्ने कि नगर्ने भन्ने बहस पनि नेकपाभित्र छ । अमेरिकाले यो सहयोग इण्डो प्यासिफिक रणनीतिअन्तर्गत भएको समाचार प्रकाशमा आएपछि यो सहयोग लिने/नलिने बारे सत्तारुढ नेकपाभित्र चर्को मतभेद उत्पन्न भएको छ।
नेकपा को त्यस सचिवालय बैठकले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा बनाउन निर्देशन दिएको छ । ३ नम्बर प्रदेश कमिटी र प्रदेशसभा दललाई सचिवालय बैठकले प्रदेस को नाम वागमती प्रदेश र राजधानी हेटौंडा राख्न गरी निर्णय गर्न निर्देशन दिएको हो।