गृहमन्त्री राम बहादुर थापाले सुरक्षा निकायका प्रमुखहरुलाई विप्लव नेतृत्वको नेकपामाथि थप दमन र धरपकड बढाउन निर्देशन दिए लगत्तै सुरक्षाकर्मीले ने.क.पा.का नेता तथा कार्यकर्तालाई ब्तापक धरपकड गर्न शुरु गरेको छ। त्यही क्रममा प्रहरीले शनिबार पूर्वबाट ने.क.पा.की प्रभावशाली नेतृ पार्टी केन्द्रिय सदस्य एबम मेची-कोसी ब्युरो इन्चार्ज उमा भूजेल, मोरङ इन्चार्ज नरेश चौलागाइँ, मेची-कोसी ब्यूरो कार्यालय सचिव सुमन सिंह र क्षितिज पौडेललाई गिरफ्तार गरेको छ ।
को ३६ प ६३३५ नम्बरको स्कुटीमा सवार सिंह र भूजेललाई शनिबार बिहान सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शेरेचोकबाट गिरफ्तार गरेको हो भने चौंलागाई र पौडेललाई शुक्रबार सोमबारे हाटबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
गोर्खा घर भएकी ४१ वर्षीया भुजेल र झापा दमक नगरपालिका २ घर भएका ३० वर्षीय पौडेलले प्रदेश १ का विभिन्न जिल्लामा चन्दा आत्तंक, बम विस्फोट गराई सर्वसाधारणलाई आतंकित पार्न सकिएको भएको सुनसरीका प्रहरी पमुख एसपी यज्ञविनोद पोखरेलले बताए।
पक्राउ परेकाको साथबाट एकथान रिभल्वर पेस्तोल, पाँचथान गोली र स्कथान स्कुटी बरामद गरिएको उनले जानकारी दिए। दुबैजनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको एसपी पोखरेलले बताए।
भुजेल १० वर्षे माओवादी जनयुद्धका बेला गोरखा जेल ब्रेक गरेर चर्चामा आएकी नेतृ हुन् ।
भुजेलसहितकाे टाेलीले २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेकाे थियाे।भुजेल माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरिम व्यवस्थापिकामा सांसद र पहिलो संविधानसभामा समानुपातिकतर्फबाट सदस्य समेत थिइन् । भुजेल पार्टी विभाजनका क्रममा मोहन वैद्य नेतृत्वको माओवादी हुँदै हाल विप्लव नेतृत्वको ने.क.पा.मा क्रियाशील छिन। यसअघि भुजेललाई प्रहरीले गत भदौमा पनि गिरफ्तार गरेर केहि दिन हिरासतमा राखेको थियो । पछि सर्वोच्चको आदेशमा उनी रिहा भएकी थिइन् ।
प्रहरीले २०७५ फागुन १० पछि हालसम्म ने.क.पा.का एकहजार दुईसय ५८ जनालाई गिरफ्तार गरेको दावी गरेको छ । जसमध्ये उच्च तहका नेता नै २ सय बढी रहेको प्रहरी दावी छ। पक्राउ पर्ने उच्च नेतामा स्थायी समिति सदस्य र मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन), मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्र बहादुर चन्द (वीरजंग), पोलिट्ब्युरो सदस्य भरतबहादुर बम छन्। यस्तै, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष तथा पार्टीको केन्द्रीय सदस्य बन्धुकुमारी शाह चन्द (शिला) पनि पनि रहेकी छिन। गिरफ्तार पर्ने जिल्ला तहका नेता भने ६ सय ६४ जना रहेको प्रहरीले जनाएको छ।