माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु, छ जनाको खोजी जारी

माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु, छ जनाको खोजी जारी


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ पुष २०७६
  • 4.1K
    Shares

लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा रिटेनिङ वालको काम गर्ने सिलसिलामा माटोको ढिस्कोले पुरिंदा एक मजदुरको मृत्यु भएको छ भने दर्जनभन्दा बढी मजदूर पुरिएका छन् ।

सुन्दरबजार नगरपालिका वडा नम्बर ६ स्थित नमुना टोलमा स्थानिय बामदेब गौलिको घरको रिटेनिङ वालको काम गर्ने बेला माटोको ढिस्कोले पुरिएर मजदुर संगम चेपाङको मृत्यु भएको हो।  १३ जना कामदारले काम गरिरहेकाे बेला एक्कासी माटोको ढिस्को खसेर उनेहरु पुरिएका थिए।

प्रहरी तथा स्थानियहरूकाे ठ्रलाे संख्याले जेसिभी लगाएर हालसम्म ६ जना घाइते कामदारको उद्दार गरिसकेकाे छ भने बाकी ६ जनाको उद्दार जारी छ । उद्दार हुनेमा लालबहादुर तामाङ (लमजुङ ), संगम चेपाङ ,दिपक चेपाङ ,बिष्णु चेपाङ,सुरेस चेपाङ ( चितवन ) र छविलाल मगर (सल्यान)को उद्दार गरिएको छ ।  उद्दार कार्य जारी छ । घटनाको थप विjरण आउन बाँकी छ ।

प्रतिक्रिया