दुधपोखरी गाउँपालिकाकी अध्यक्षद्वारा आफ्नै गापामा कार्यरत प्रमुख प्रसासकिय अधिकृत खनालमाथि दुर्ब्यबहार

दुधपोखरी गाउँपालिकाकी अध्यक्षद्वारा आफ्नै गापामा कार्यरत प्रमुख प्रसासकिय अधिकृत खनालमाथि दुर्ब्यबहार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ पुष २०७६
  • 3.3K
    Shares

छुपि माया गुरुङ्ग र धुब्र खनाल

लमजुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिकाकी अध्यक्ष छुपिमाया गुरुङले आफ्नै पालिकामा कार्यरत प्रमुख प्रसासकिय अधिकृत धुब्र खनाललाई दुरब्यबहार गरेकी छिन ।
सामान्य बिषयमा बादबिबाद हुदा उनले प्रसासकिय अधिकृत खनालको कोटमा समातेर लछारपछार समेत गरेको बताइएको छ । गाउपालिका अध्यक्ष गुरुङको लछारपछारका कारण प्रमुख प्रसासकिय अधिकृत खनालको कोट च्यातिएको छ भने सामान्य घाईते भएको बताईएको छ । गाऊपालिका प्रमुख प्रसासकिय अधिकृत धुब्र खनालले समेत आफुमाथि अध्यक्षले अमानविय शैलि देखाएको बताएका छन ।

कर्मचारीमाथि बिना कारण लछारपछार पार्ने तथा अमानविय शैलि प्रस्तुत गरेको भन्दै अध्यक्ष गुरुङको सर्बत्र आलोचना सुरु भएको छ । अध्यक्ष  छुपिमाया गुरुङको कार्यशैलीका कारण यसअघि पनि उक्त गाउपालिकामा कर्मचारीहरु जान मन नगर्ने तथा उनको कर्मचारी बृत्तमा आलोचना हुदै आएको थियो ।

प्रतिक्रिया