मोडललाई भारत पुर्याएर बलि दिने योजना विफल : सात जना गिरफ्तार

मोडललाई भारत पुर्याएर बलि दिने योजना विफल : सात जना गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ पुष २०७६
  • 3.9K
    Shares

महानगरीय प्रहरी परिसर, काठमाण्डौ

फिल्म शुटिंग गर्ने भनेर भारतमा पुर्याएर एक मोडललाई बलि दिने योजनालाई प्रहरीले विफल बनाएको छ।

फिल्म खेल्ने र धेरै पैसा कमाउने अवसर भन्दै २४ वर्षकी एक नेपाली युवतीलाई भारतमा कुल पुजामा बलि दिने योजना बनाएका ७ जनालाई नियन्त्रणमा लिएपछि यस्तो योजना विफल भएको हो ।

पक्राउ पर्नेहरुमा दिल कुमारी बुढामगर, उमेश कुमार माझी, दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश साह र रन्जित चौधरी रहेका छन् भने एकजनाको नाम खुलाइएको छैन् । प्रहरीका अनुसार ६ जना नै सुनसरी र मोरङ जिल्लाका हुन् ।

महानगरीय प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार, फिल्म शुटिंग गर्न भन्दै झुक्याएर भारतमा लगेर आफुलाई बलि दिन लागेको थाहा पाएकी ती मोडलले गत पुस ४ गते ती युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । मोडलिङ प्रोजेक्टमा काम गर्ने अफर आएकी युवतीसँग विभिन्न धर्म, महिनावारीदेखि माछा मासु खाने र नखाने जस्ता प्रश्न सोध्दै भारतसम्म पुर्‍याउने शर्तमा शङ्का लागेपछि युवती प्रहरी कहाँ पुगेकी थिइन्। ती  युवतीको उजुरीपछि कभर्ट अप्रेसन गरेको थियो।  प्रहरीले घटनालाई गोप्य राखेर अनुसन्धान गरिरहेको छ।

एक वर्षअघि पनि झापामा युवतीलाई बलि दिनका लागि यस्तै नाटक रचिएको थियो । तर घटना हुन नपाउँदै जानकारी पाएको प्रहरीले घटनामा संलग्न रहेका ४ जनालाई तत्कालै पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । पछि उनीहरूले आफ्नो अपराधको योजना प्रहरीसमक्ष स्वीकार गरेपछि उनीहरू पुर्पक्षका लागि जेलमा छन् ।

प्रतिक्रिया