‘सीधाकुरा जनतासंग’को नाममा ठगी गर्ने सैनिक जवान बस्नेत पक्राउ

‘सीधाकुरा जनतासंग’को नाममा ठगी गर्ने सैनिक जवान बस्नेत पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ पुष २०७६
  • 4.4K
    Shares

शिव बस्नेत

न्युज २४ टेलिभिजनबाट प्रशारण हुने बहुचर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ को नाममा ठगी गरेको आरोपमा नेपाली सेनाका एक जना सैनिक जवानलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका अभियुक्त नेपाल सेनाको छाउनीस्थित जगदल गणमा कार्यरत सैनिक जवान शिव बस्नेत रहेका छन्।  उनलाई अहिले प्रहरीले वानेश्वर प्रहरी वृत्तमा राखेर अनुसन्धान भैरहेको बताइएको छ।

न्युज २४ टेलिभिजनले दिएको जानाकारी अनुसार, ११ वर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका दोलखाको कालिञ्चोक निवासी मानबहादुर थापा भिसा सकिएपछि सुरुका तीन बर्षसम्म परिवारको सम्पर्कमा रहेपनि त्यसपछी परिवारको सम्पर्कमा आएनन।  त्यसपछि छोराको खोजी गर्ने क्रममा उनका बाबु इन्द्रबहादुर थापाले काठमाडौं आएर केही युट्युव च्यानलमार्फत अन्तरवार्ता दिएर छोराको खोजी गरिदिन गुहार मागे।

छोरो भेटिने आश बोकेर काठमाण्डौ आएका सैनिक जवान बस्नेतले पिडित बृद्ध इन्द्रबहादुर थापालाई न्युज २४ टेलिभिजनसम्म पुर्याएका थिए। न्युज २४ टेलिभिजन टिमसँग कुराकानी भएपछी घर फर्केका थापालाई शिव बस्नेतले पटक पटक फोन गरेर ‘सिधा कुरा जनतासंगका प्रस्तोता रवि लामिछानेसँग आफ्नो कुरा भएको र बेपत्ता भनिएका छोरा मानबहादुर थापालाई फिर्ता ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिएका थिए। त्यही क्रममा पिडित इन्द्रबहादुर थापालाई पटक पटक काठमाण्डौ बोलाएका बस्नेतले छोरा मानबहादुरको उद्धार गरी नेपाल ल्याइएको भन्दै त्रिभुवन विमानस्थल पुर्याए।  तर बस्नेतले इन्द्रबहादुरको छोरा उक्त ग्रुपमा नपरेको र अर्को गुप्रमा आउने भन्दै टारे ।

त्यसको केही दिनपछि फेरि मलेसियाबाट शब ल्याएकाले इन्द्रबहादुरलाई तपाईको छोरा हुनसक्छन् भन्दै वीर अस्पतालमा लगेर शब समेत देखाए ।

यसैबीच रवि दाईले आफूलाई पोखरा क्षेत्र हेर्न खटाएको, अहिले पैसाको आवश्यकता परेको भन्दै इन्द्रबहादुरका कान्छा छोरासँग पैसा समेत मागे । त्यस्तै बस्नेतले फेरि मंगलबार बिहान छोरा आउने भन्दै दोलखाबाट इन्द्रबहादुरलाई बोलाए ।

इन्द्रबहादुरका कान्छा छोराले यो बिषयमा न्युज २४ टेलिभिजन टिमलाई जानकारी गराएपछि प्रहरीको टोलीसहित सो टिम बस्नेतले बोलाएको ठाँउमा पुगेको थियो।  । त्यहाँ पनि उनले ‘तपाईको छोरा आज दिउँसो ४ बजे आउँछ’ भनिरहेका थिए । तर, न्यूज २४ मा आबद्ध नभएको पुष्टि भएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो।

अहिले प्रहरी हिरासतमा रहेका सैनिक जवान बस्नेत्बारे अन्य आवस्यक छानबिन भैरहेको प्रहरीलाई उद्धृत गर्दै न्युज २४ टेलिभिजनले जानकारी दिएको छ।

प्रतिक्रिया