किताब चोरेको आरोप लागेपछि राजदुतद्वारा राजिनामा, कमिज चोर्न खोजेको अर्को आरोप

किताब चोरेको आरोप लागेपछि राजदुतद्वारा राजिनामा, कमिज चोर्न खोजेको अर्को आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ पुष २०७६
  • 3.2K
    Shares

राजदूत रिकार्डो भलेरो

पसलबाट किताब चोरेको आरोप लागेका अर्जेन्टिनाका लागि मेक्सिकोका राजदूत रिकार्डो भलेरोले राजीनामा दिएका छन् । तर उनले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै राजदूत रिकार्डो भलेरोले राजीनामा दिएका हुन्। १० डलरको किताब चोरी गर्ने प्रयास गरेको भिडियोमा देखिएका राजदुत भालेरोले भने स्वास्थ्य अवस्था ठीक नभएको भन्दै राजीनामा दिएका छन् । ७७ वर्षीय भलेरोले स्नायु रोगसम्बन्धी उपचार भइरहेको बताएका छन् ।

 ब्वेनस आइरिजस्थित एक पसलबाट पुस्तक चोर्दै गरेको सीसी टिभीमा देखिएपछि उनलाई विदेश मन्त्रालयले फिर्ता बोलाएको थियो।

गत अक्टोबरमा ब्वेनस आइरिजस्थित एल एटिनिओ ग्रयान्ड स्प्लेन्डिडको दराजबाट एक पुस्तक लिएर पसलबाट निस्किन लाग्दा जाकोमा कासानोभाको आत्मवृत्तान्त भएको त्यो पुस्तक पत्रिकामा बेरिएको पाइएको थियो।

घटनापछि राजदूत भलेरोले कूटनीतिक उन्मुक्तिका लागि अपील गरेपछि मुद्धालाई अगाडि बढाइएन। यसअघि भलेरोले मेक्सिकोका लागि विमान चढ्नुअघि ब्वेनस आइरिजको एजेइजा अन्तराष्ट्रिय विमानस्थलमा एक पसलबाट कमिज चोर्न खोजेको आरोप पनि लागेको थियो।

मेक्सिकोका विदेश मन्त्रालयले आइतबार उनको राजीनामा स्वीकृत गरेको हो।
‘रिकार्डो भलेरो एक महान व्यक्ति हुन्। उनी स्नायुसम्बन्धी समस्याको उपचार गराइरहेका छन् र म उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु,’ मेक्सिकोका विदेश मन्त्रीले ट्वीट गरेका छन्।

ब्रेन ट्यूमर भएर पनि बाँच्न सफल भएका भलेरोको आनीबानीलाई चिकित्सकले सन् २०१३ देखि नै नियाल्दै आएका छन् ।

प्रतिक्रिया