गुण्डागर्दी गरेको आरोपमा पक्राउ पाएका भगौडा सैनिकको साथबाट पेस्तोल बरामद

गुण्डागर्दी गरेको आरोपमा पक्राउ पाएका भगौडा सैनिकको साथबाट पेस्तोल बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ पुष २०७६
  • 4K
    Shares

महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले काठमाडौंको चुनिखेल, कपनबाट नेपाली सेनाको भगौडालाई पेस्तोलसहित पक्राउ गरेको छ ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार मन्थली नगरपालिका-१३, रामेछाप घर भइ हाल कपनमा बसोबास गर्ने ३५ वर्षीय रोशन बर्देवा मंगलबार साँझ पेस्तोलसहित पक्राउ परेका हुन् ।

गुण्डागर्दी गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएका उनको साथबाट कटुवा पेस्तोल बरामद भएको छ । उनले हतियार कहाँबाट  र किन ल्याएका थिए प्रहरीले सेनाबाट उनी कहिले भागेको लगायतका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीलेजानकारी दिएको छ।

 

 

प्रतिक्रिया