बसको ठक्करले बिद्यार्थी घाइते : आक्रोशित विद्यार्थीद्वारा बसमा आगजनी र तोडफोड

बसको ठक्करले बिद्यार्थी घाइते : आक्रोशित विद्यार्थीद्वारा बसमा आगजनी र तोडफोड


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ पुष २०७६
  • 3.6K
    Shares

काठमाण्डौको सुकेशारामा आगजनी गरिएको बस

काठमाडौंको चावहिलस्थित पशुपति क्याम्पसको बीबीएस चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते बनाएपछी अहिले चाबहिल क्षेत्र तनावग्रस्त बनेको छ ।

पन्तलाई सुकेधारामा बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएर भागेपछि  आक्रोशित विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका थिए भने चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरे ।

विद्यार्थीहरुले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका थिए भने बा ३ ख ४४३३ नम्बरको बसका सिसा तोडफोड गरिदिएका छन् ।

अहिले पनि अवस्था भने तनावग्रस्त छ । प्रहरीले पशुपति क्याम्पस वरपर ठुलाे सँख्यामा प्रहरी परिचालन गरेकाे छ । प्रहरी र विद्यार्थीबीच केहीबेर झडप समेत भएकाे थियाे । र, साे क्रममा केही विद्यार्थी घाइते भएकाे पशुपति क्याम्पसका विद्यार्थी नेता करूणासागर सिग्देलले जानकारी दिए । विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

प्रतिक्रिया