नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठनले काठमान्डौमा भूमिगत रुपमा संचालन गरेको केन्दिय कार्यालयमा छापा मारेर संगठनका केन्द्रिय पदाधिकारीसहित छ जनालाई गिरफ्तार गरेको छ ।
युवा संगठनले काठमान्डौको हात्तीगौंडामा भूमिगत रुपमा संचालन गरेको केन्दिय कार्यालयमा छापा मारी संगठनका केन्द्रिय पदाधिकारीसहित छ जनालाई गिरफ्तार गरिएको प्रहरीले दाबी गरेको छ।
प्रहरीका अनुसार, गिरफ्तारीमा पर्ने युवा संगठनका नेताहरुमा संगठनका केन्द्रिय सचिव तथा मध्यकमाण्ड इन्चार्ज सञ्जीव लामा, कोषाध्यक्ष तिलकबहादुर गुरुङ, केन्द्रिय सदस्य तथा कार्यालय सचिव वकिल घर्ती मगर, युवा संगठन सोलुखुम्बु इन्चार्ज त्रिलोचन विक र केन्द्रिय सदस्य तथा उदयपुरका सदस्य दुर्खाबहादुर तामाङ रहेका छन्।
उनीहरुको साथबाट पेस्तोल, त्यसमा लाग्ने म्यागजिन, डेटोनेटर र बम बनाउन प्रयोग हुने तार पनि बरामद भएको प्रहरीको दाबी छ।
सो गिरफ्तारीमा परेका मध्ये संगठनका सचिब सञ्जीव लामालाई प्रहरीले गत वर्ष वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गराउने कार्यमा संलग्न रहेको आरोप लगाएको छ । २०७५ चैत २४ गते गुरुङको बसुन्धरा/सामाखुसीस्थित घरमा सिलिण्डर बम विस्फोट हुँदा घर र गाडीमा क्षति पुगेको थियो।
ब्यूरोले पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको बताएको छ। तर आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तार गरिएको बारे अहिलेसम्म ने.क.पा. र युवा संगठन नेपालले अहिलेसम्म आधिकारिक रुपमा कुनै धारणा सार्वजनिक गरेको छैन