त्रिभुवन विश्वविद्यालय मातहतका तल्लोस्तरका कर्मचारी आन्दोलित, स्थायी कर्मचारी बन्न बञ्चित गरेकोमा आक्रोश

त्रिभुवन विश्वविद्यालय मातहतका तल्लोस्तरका कर्मचारी आन्दोलित, स्थायी कर्मचारी बन्न बञ्चित गरेकोमा आक्रोश


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ पुष २०७६
  • 4.4K
    Shares

त्रिभुवन बिस्वबिद्यालय मातहत रहेका देशभरका श्रेणीबिहीन कर्मचारी, कार्यालय सहयोगी र सवारी चालकहरुले उचित न्यायको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

मंसिरको ३० गतेदेखि सम्पूर्ण क्याम्पस कार्यालयहरुमा दिनको १२ बजेदेखि २ बजेसम्म आ–आफ्नो कार्य रोकी कार्यालयको प्राङ्गणमा विरोध गरिरहेका उनीहरुले पुस १ गतेदेखि १२ बजेदेखि १ बजेसम्म कालो पट्टी बाँधेर प्रांगणमा विरोध गरेका छन्।

त्रिवि सेवा आयोगले प्रकाशित गरेको मंसिर १५ को स्थायीको विज्ञापनमा कार्यालय सहयोगी र ड्राईभर पदको विज्ञापन नगरिएकोमा आक्रोशित श्रेणीबिहीन कमर्चारीहरु आन्दोलित बन्न पुगेका हुन्। सेवा आयोगले आफूहरुलाई पनि स्थायी कर्मचारी बन्न बञ्चित गरेकोमा उनीहरुको आक्रोश छ ।

जागीर खाएर पेन्सन या उपदान लिने समय हुँदा पनि स्थायी हुन नपाएका करीब २०/२१ वर्षदेखि सेवारत तल्लो स्तरका कर्मचारीहरु झन् आक्रोशित बनेका छन्।

त्रि वि अन्तर्गतका क्याम्पस, अस्पताल, कार्यालदेशभर श्रेणीबिहीन कर्मचारी १ सय ३५ जना छन् भने शिक्षण अस्पतालमा कार्यालय सहयोगी ४२ तथा ड्राइभर य, निकायमा सोमबारदेखि दिनको २ घण्टा देशव्यापी रुपमा श्रेणीविहीन कर्मचारीहरुले दबाब कार्यक्रम गर्दै आइरहेका छन्। त्रिवि अन्तर्गत देशभर श्रेणीबिहीन कर्मचारी १ सय ३५ जना छन् भने शिक्षण अस्पतालमा कार्यालय सहयोगी ४२ तथा ड्राइभर ३ जना छन्।

उनीहरुको आन्दोलनलाई त्रिवि सेवा आयोगको कार्यालय र त्रिवि पदाधिकारीहरुको कार्यालयहरुका कर्मचारीहरुले समेत समर्थन गरेर विरोधमा उत्रिएका छन्। त्यस आन्दोलनलाई त्रिवि शिक्षण अस्पतालका स्टाफ नर्सहरुले पनि समर्थन गर्दै कालो पात्ति बाँधेर काम गरिरहेका छन्।

त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रिय समितिका वरिष्ठ उपाध्याक्ष पूण्यप्रसाद आचार्यले पुस ४ गतेसम्म पनि विरोधको मागहरु सम्बोधन नभए एकदमै कडा रुपमा जाने र अन्यायमा परेकालाई न्याय दिलाएर छाड्ने बताए।

आचार्य भन्छन्, ‘यति लामो समयसम्म मरिमेटेर काम गरे पनि उनीहरुलाई प्राथमिकतामा राखिएको छैन, श्रमशोषण भएको छ। २८ वर्षदेखि काम गरिरहेका कर्मचारी पनि छन् यहाँ उनीहरुको स्थायीत्व होस् भन्ने हाम्रो उद्देश्य हो।’

२०६९ भन्दा पहिला नै नियुक्त कर्मचारीलाई त्रिविले स्थायी गनुपर्ने माग रहेको आचार्य बताउँछन्। त्रिविका उपकुलपतिलाई मंसिर २४ गते भित्र विज्ञापन प्रकाशन गर्दिनुस् भनेर ज्ञापनपत्र बुझाए पनि कसैले नसुनेको आचार्यको भनाइ छ।

त्रिवि कर्मचारी संघ, शिक्षण अस्पताल एकाई समितिका सभापति खलबहादुर क्षेत्रीले श्रेणीविहिन कर्मचारीहरुलाई न्याय दिने हिसाबले यो कदम चालेको बताए।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेती सेवा आयोगसँग यस विषयमा छलफल भइसकेको र पुस ३ गते दीक्षान्त समारोहपछि यसमा ‘विचार गरिने’ बताउँछन्। उनी भन्छन्, ‘धेरै वर्षदेखि काम गरिरहेका पूराना कर्मचारी छन्, सकेसम्म उहाँहरुको माग सम्बोधन गर्ने विचार गर्नेछौं।’

प्रतिक्रिया