प्रेमीले हतियार लिएर भागेपछि उच्च अदालत जनकपुरकी न्यायाधीश सकुन्तला घिमिरेको सुरक्षामा खटिएकी प्रहरी जवान रनिताकुमारी केवटलाई प्रहरीले पक्राउ गरेको छ।
न्यायाधीश घिमिरेको अंगरक्षकको रुपमा कार्यरत प्रहरी जवान केवटले बोक्दै आएको हतियार लिएर प्रेमी भागेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
प्रहरीका अनुसार उक्त हतियार प्रहरी जवान केवटका प्रेमी शिवेन्द्र यादवले लिएर गएका छन् । केवट जनकपुर उपमहानगरपालिकाको वडा नम्बर ४ भैरव चोकमा डेरामा बस्दै आएकी थिइन् । २४ वर्षीय यादव नवलपरासी जिल्लाको देउडवा–६ निवासी हुन् । महिला प्रहरी जवान केवटका प्रेमी यादवपनि मंसिर १९ गते कोठामा सँगै बसेका थिए । केवट र यादववीच विवाद हुँदा यादवले गोली लोड भएको पेस्तोल लिएर फरार भएका थिए ।पेस्तालेमा सात राउण्ड गोली लोड गरिएको थियो ।
हतियार हराएको हो कि, कसैले लिएर गएको हो भन्ने सन्दर्भमा बुझ्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।