दुई वर्ष बितिसक्दा पनि चार वटा प्रदेशले आफ्नो नाम राख्न सकेनन, प्रदेश ५ को नाम लुम्बिनी

दुई वर्ष बितिसक्दा पनि चार वटा प्रदेशले आफ्नो नाम राख्न सकेनन, प्रदेश ५ को नाम लुम्बिनी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० मंसिर २०७६
  • 3.7K
    Shares

प्रदेश ५

संघियता लागु भएको संबिधान नेपालको संबिधान जारी भएको चार वर्ष र यही संबिधान बमोजिमको चुनाब सम्पन्न भएको झन्डै दुई वर्ष बितिसक्दा पनि सातवटा प्रदेशमध्ये दुईबाहेक अरुले आफ्नो नामकरण समेत गर्न सकेका छैनन्।  तात्कालीन प्रदेश ४ ले गण्डकी र प्रदेश ७ ले सुदुरपश्चिम प्रदेश भनेर आफ्नो नाम नामाकरण गरिसकेका छन्।  अहिले आएर प्रदेश ५ ले आफ्नो नाम लुम्बिनी राख्न प्रस्ताब तयार गरेको छ।

प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना (बुटवल पश्चिम) कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ-लमही क्षेत्रलाई प्रस्ताव गरेको छ ।  हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल तोकिएको छ ।

विशेष समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता शुरु हुने प्रदेश सभाको बैठकमा प्रस्तुत हुने र संवैधानिक व्यवस्थाअनुसार टुंगो लाग्नेछ । राजधानी र नामाकरण संसदको दुई तिहाइ बहुमतले निर्णय गर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा सत्तारुढ नेकपाको दुई तिहाई बहुमत भए पनि राजधानीका विषयमा पार्टीभित्र एकमत छैन । नेकपाभित्रै रुपन्देही र दाङका विषयमा मत विभाजन छ ।

प्रदेशसभामा सत्तारुढ नेकपाका ६१, कांग्रेसका १९, समाजवादीका ५, राजमो र राजपाका एक-एक सांसद छन् ।

२०७५ साउनमा गठन भएको समितिले दुई पटक म्याद थप गर्दै १६ महिना गुजारेर राजधानी र नाम सिफारिस गरी प्रतिवेदन तयार पारेको हो । पछिल्लोपटक थप गरिएको ६ महिनाको समयावधी सकिनु एक दिन अघि समितिले प्रतिवेदन तयार गरेको हो ।

यस अघिको समाचारमा प्रदेश ५ को नाम लुम्बिनी हुनपर्नेमा प्रदेश ३ भएकोमा क्षमा प्रार्थी छौं – सम्पादक, जनसंचार डट कम

प्रतिक्रिया