घुस माग्दै अपराध महाशाखाका अनुसन्धान अधिकारी, पक्राउ पनि पर्दै

घुस माग्दै अपराध महाशाखाका अनुसन्धान अधिकारी, पक्राउ पनि पर्दै


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३० मंसिर २०७६
  • 3.5K
    Shares

अपराध अनुसन्धानका नाममा महानगरीय प्रहरी परिसर अन्तर्गतको अपराध महाशाखाका प्रहरीले घुस माग्ने गरेको तथ्यहरु सार्वजनिक हुन् थालेका छन्।

एखाप्ताकै बिचमा महाशाखाका दुईजना अधिकृत घुस लिंदालिंदै पक्राउ परेपछि यस्तो तथ्य सार्वजनिक भएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार प्रहरी निरीक्षक जयनेपाल थापालाई ४० हजार घुससहित पक्राउ गरेको थियो। शुक्रबार फेरि अपराध महाशाखामा नै कार्यरत् प्रहरी सहायक निरीक्षक उमेश केसीलाई पनि घुसका लागि ‘बार्गेनिङ’ गरेको भन्दै अख्तियारले पक्राउ गरेको हो। केसीलाई ६० लाख रुपैयाँ घुस मागेको आरोपमा पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ।

नख्खु कारागारमा बलात्कारसम्बन्धी मुद्दामा सजाय भोगिरहेका एक अभियुक्तकी श्रीमतीसँग मुद्दा मिलाइदिने भन्दै घुस मागेको अडिओ फेला परेपछि केसीलाई अख्तियारले शुक्रबार पक्राउ गरी हिरासतमा राखिएको स्रोतले बतायो। केसीले सुरूमा ती महिलासँग ६० लाख ‘बार्गेनिङ’ गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो।

पछि पटक-पटक गरेर ९ लाखसम्म बार्गेनिङ गरी ती महिलालाई हैरान पारेपछि अख्तियारले केसीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो। असई केसी महाशाखाबाट केन्द्रीय कारागार सुन्धाराको सुरक्षामा खटिएका प्रहरी अधिकृत हुन्।

प्रहरी निरिक्षक जयनेपाल थापा
प्रहरी निरिक्षक जयनेपाल थापा

यस अघि प्रहरी निरिक्षक जयनेपाल थापालाई अख्तियार दुरुपयोग अुनसन्धान आयोगको टोलीले ललितपुरको पाटनबाट घुससहित नियन्त्रणमा लिएको थियो । वैदेशिक रोजागरीको प्रयोजनका लागि ४० हजार घुस लिँदै गरेको अवस्थामा उनलाई पाटनबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए। थापा महानगरीय अपराध महाशाखामा कार्यरत थिए। उनी मंगलबारसम्म १३औं दक्षिण एसियाली खेलकुद (साग)को सुरक्षाका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कमाण्ड पोष्टमा खटिएका थिए।

अख्तियारले मंगलबार नै सर्लाहीको प्रहरी चौकी त्रिभुवन नगरका प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई ५० हजार घुससहित नियन्त्रणमा लिएको थियो।
Read more at: https://thahakhabar.com/news/86111

प्रतिक्रिया