सेक्स सिम्बोल भनेकोमा आपत्ति छैन प्रियंकालाई, कहिल्यै डेटिङ नगएको दाबी

सेक्स सिम्बोल भनेकोमा आपत्ति छैन प्रियंकालाई, कहिल्यै डेटिङ नगएको दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० पुष २०७३
  • 25.3K
    Shares

प्रियंका चोप्रा

कतिपय नायिकाहरु ‘सेक्स सिम्बोल’ कहलाउन लाज मान्छन् । तर बलिउड अभिनेत्री प्रियंका चोपडा उनीहरुमा पर्दिनन् । आफूलाई सेक्स सिम्वोल भन्ने गरिएकोमा उनको कुनै आपत्ति छैन ।

३४ वर्षिय अभिनेत्रीले ‘हट’ देखिनु आफ्नो जीवनको लक्ष्य नभए पनि यो आफ्नो पेशाको एक हिस्सा भएको बताइन् । उनले भनिन्, ‘ग्ल्यामरस अवतारमा प्रस्तुत हुनु मेरो कामको हिस्सा हो । जब मानिसहरुले मलाई सेक्स सिम्बोल भन्छन् यसमा मेरो कुनै दुखेसो हुँदैन । किनकी म एक अभिनेत्री हुँ र मेरो कामको प्रकृति नै यस्तै छ ।’

उनले अगाडि भनिन्, ‘म हट देखिन चाहन्छु तर यसको मतलब यो होइन कि म केवल यही लक्ष्य बोकेर हिँडिरहेकी छु ।’

बलिउड नायिका  चोपडाले कहिल्यै डेटिङ नगएको बताएकी छिन् । बलिउडकी चर्चित नायिका चोपडाको नाम बलिउडका विभिन्न स्टारसँग जोडिएको भए पनि उनले भने कहिल्यै डेटिङ नगएको बताएकी हुन् ।

प्रियंकाको नाम बलिउडका स्टार अक्षय कुमार, शाहरुख खान, शाहिद कपुर र हरमन बावेजालगायतसँग खुश चर्चामा हुने गथ्र्यो यद्यपी उनले भने कोहीसँग पनि डेटिङ नगएको बताएकी छिन् ।

चर्चित स्टारसँग नाम जोडिए पनि उनले अहिलेसम्म डेटिङ कसैसँग नगएको दाबी गरेकी हुन् । प्रियंकाले बिहे नगरेसम्म आफू सिंगल भएको बताएकी छन् ।

प्रियंका चाँडै नै हलिउड फिल्म बेवाचमा ड्वेन जोन्सनका साथ देखिँदैछिन् । उक्त फिल्ममा प्रियंकालाई हट अवतारमा देख्न पाइने विश्वास गरिएको छ ।

प्रतिक्रिया