नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ने.क.पा. स्याङ्जा जिल्ला कमिटिका तात्कालिन सेक्रेटरी गोकुल पराजुली र मजदुर नेता सबिन ओलीलाई जिल्ला प्रहरी कार्यालय गोर्खाले गिरफ्तार गरेर फेरी सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ।
गएको जेठ २५ गते स्याङ्गजामा पक्राउ परेका उनीहरुलाई प्रहरीले पटक पटक पक्राउ गरेर कास्की, तनहुँ, हुँदै गोर्खा पुर्याएको थियो। उनीहरुलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय तनहुँले रिहा गरेपछि फेरी गिरफ्तार गरेर प्रहरिले गोर्खा लागेको थियो। तर प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले शुक्रबार राति गोर्खा सदरमुकामको घ्याम्पेशाल चोकबाट उनीहरुलाई पक्राउ गरेको दाबी गरेको छ ।
हाल जिल्ला प्रहरी कार्यालय गोर्खाको हिरासतमा राखिएका ने.क.पा.का नेता पराजुली पोखरा महानगरपालिका–२७ निवासी हुन् भने मजदुर नेता ओली रुकुमको त्रिवेणी गाउँपालिका–१ का बासिन्दा हुन् ।
उनीहरुविरुद्ध शुक्रबार सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।