धनुषामा बम बिस्फोट : प्रनि दाहालसहित तीनको मृत्यु, बिस्फोटमा संलग्न रहेको आरोपमा ने.क.पा.का ब्युरो संयोजक लगायत तीन जना गिरफ्तार

धनुषामा बम बिस्फोट : प्रनि दाहालसहित तीनको मृत्यु, बिस्फोटमा संलग्न रहेको आरोपमा ने.क.पा.का ब्युरो संयोजक लगायत तीन जना गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ मंसिर २०७६
  • 5.7K
    Shares

प्रहरी निरीक्षक अमिर दाहाल

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा गएराती बम बिष्फोट हुँदा प्रहरी निरिक्षक अमिर दाहाललागायत तीन जनाको मृत्यु भएको छ भने सो घटनामा संलग्न रहेको आरोप लगाउदै प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जनकपुर् ब्युरो इन्चार्ज लगायत तीन जनालाई गिरफ्तार गरेको छ।

महेन्द्रनगर निवासी राजेश साहको घरमा झुण्ड्याइएको बमलाई प्रहरीले लट्ठीको सहायताले हटाउन खोज्दा बिस्फोट हुँदा बम विष्फोटमा परि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, घर धनी राजेश साह र उनका छोरा आनन्दको मृत्यु भएको हो ।

साहका १४ वर्षीय कान्छा छोरा प्रेम साह, छोरी अञ्जली साह र ७० वर्षीय बुवा भिखारी साह प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन्  ।

घटनाको बृहत अनुसन्धानका लागि पछिल्ला प्रहरी कार्यालयका अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी निरिक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोलीसमेत गठन गरिएको प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए।

व्याजमा रकम लगानी गर्दै आएका महेन्द्रनगर निवासी राजेश  साह औषधि व्यवसायी थिए ।उनीसँग व्याजमा रकम लिएका व्यक्तिहरुले नै बम राखेको हुन सक्ने आशंका गरेपनि प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । तर सो बम बिस्फोटको घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले दिएको जानकारी अनुसार, प्क्राउ पर्नेमा विप्लव नेतृत्वको ने.क.पा.का प्रदेश नम्बर २ संयोजक ५१ वर्षिय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् ।

राजेशकी श्रीमती शौचका लागि उठेका बेला शुक्रबार राति १२ः०० बजे राजेशको नवनिर्मित घरको बाहिर फलामको गेटमा केही झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुण्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा विस्फोट भएको थियो । सो बमलाई नेपाल प्रहरीको टोलीले छोएलगत्तै बिष्फोट भएको थियो ।

प्रहरी निरीक्षक दाहालले झोला छुँदै ‘केही होइन’ भनेलगत्तै विष्फोट भएको भिखारीको भनाइ छ । घटनामा ज्यान गुमाएका राजेशका पिता भिखारी साहले भने, ‘प्रहरी निरीक्षक दाहाल आफैंले झोला छोएको केही सेकेण्डमै शक्तिशाली बिष्फोट भयो, सायद सेनाको टोलीलाई बोलाएको भए, यो क्षति हुने थिएन ।’

प्रतिक्रिया