विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् ।
उनको अहिले विराटनगर स्थित विराट नर्सिङहोममा उपचार भईरहेको छ ।बिषादी सेवन गरेर सिकिस्त बिरामी परेका कामतलाई आइसियुमा भर्ना गरिएको छ ।
टेलिफिल्म तथा चलचित्र क्षेत्रमा समेत सक्रिय रहेका कामत तत्कालिन समयमा एकीकृत माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
यसैबीच प्राप्त जानकारी अनुसार, तनहुँको ब्यासनगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोखरेलको सोमबार हृदयघातका कारण मृत्यु भएको छ ।
वडा कार्यालयको नियमित बैठक बसिरहेको अवस्थामा अचानक बेहोस भएका पोखरेलको उपचारका लागि दमौली अस्पतालमा पुर्याउने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
प्रेसर र दमको रोगी पोख्रेल “बैठकको उपस्थितमा सबैले हस्ताक्षर गरिसकेपछि विषय वस्तुमा प्रवेश गर्ने तरखर हुँदै गर्दा अकस्मात कुर्चीबाट लडेर बेहोश भएका थिए।