भारतले सीमा मिचेको बिरोधमा आयोजित प्रदर्शनमा जान लागेका दुई बस बिद्यार्थी प्रहरी नियन्त्रणमा

भारतले सीमा मिचेको बिरोधमा आयोजित प्रदर्शनमा जान लागेका दुई बस बिद्यार्थी प्रहरी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ मंसिर २०७६
  • 4.1K
    Shares

भारतले सीमा मिचेको भन्दै चितवनमा आयोजना गरिएको प्रदर्शनमा सहभागी हुन् आउंदै गरेको दुई वटा स्कुल बसलाई प्रहरीले मकवानपुरबाट आफ्नो नियन्त्रणमा लिएको छ।  सो प्रदर्शन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भात्री संगठन अनेरास्ववियु क्रान्तिकारीले आयोजना गर्न लागेको हो।

मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर २ स्थित सीता माविका विद्यार्थी चढेको बसलाई इलाका प्रहरी कार्यालय मनहरीको टोलीले समातेको थियो भने र पशुपति माविका विद्यार्थीलाई नेवारपानी प्रहरी चौकीले समातेको थियो ।

इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको बसमा सबै बिद्यार्थी रहे पनि नेवारपानी चौकीमा सगरमाथा डिलक्सको ना ७ ख ८१६२ नम्बरको बसमा केही शिक्षक र बिद्यार्थी पनि रहेको दाबी प्रहरीको छ।  प्रहरीको के पनि दाबी छ भने नेवार्पानीमा समातिएको बसबाट नेपाली सेनाको जस्तो पोशाक लगाएका युवा दस्तालाई प्रहरीले नियन्त्रणमा लिएको  छ । तर यस बारेमा अनेरास्ववियु क्रान्तिकारीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

प्रतिक्रिया